प्रचण्डले भावुक हुँदै भने गिरिजालाई राष्ट्रपति बन्न नदिनु ठूलो गल्ती
कास्की/ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले
शान्ति प्रक्रियामा आएपछि राष्ट्रिय राजनीतिमा आफूले तिनवटा गल्ती गरेको
दोहोर्याउनुभएको छ ।
पोखरामा आज भएको एक कार्यक्रममा प्रचण्डले आफूले पहिलो संविधानसभा निर्वाचनपछि तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएर पहिलो गल्ती गरेको बताउनुभयो ।
उहाँले अर्को गल्ती कटवाल प्रकरणलाई मान्नुभएको छ भने तेस्रो गल्ती संविधानसभा विघटनअघि राज्य पुनसंरचनाको विषयलाई मतदानमा नलगेर गरेको स्वीकार्नुभयो । अध्यक्ष प्रचण्डले आफ्नो गल्ती स्वीकार्दै त्यसबाट सिकेका पाठअनुसार अघि बढ्ने बताउनुभयो ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको तारिफ गर्दै प्रचण्डले शान्ति सम्झौताको हस्ताक्षरकर्ता मध्ये आफू मात्र रहेकाले मुलुकलाई अघि बढाउने चुनौती र अवसर आफूमाथि रहेको बताउनुभयो ।
१२ बुँदे सहमतिपछि प्राप्त उपलब्धि समाप्त पार्ने प्रयास भएको भन्दै उहाँले गणतन्त्रका लागि योगदान गरेका गिरिजावावु यतिवेला स्वर्गमा भएपनि परिवर्तन विरोधीहरूले उहाँलाई स्वर्गबाट नर्कमा र्पुयाउने प्रयास गरेको बताउनुभयो ।

![]() |

0 comments
Write Down Your Responses
Thanks for Your comment.