जगत नेपालको वृत्तचित्र बेल्जियममा
बेल्जियम/ नेपाल पत्रकार महासंघका सचिव तथा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार जगत नेपालले निर्माण गरेको हाईज्याकिङ फर डेमोक्रेसी बृत्तचित्र आइतबार बेल्जियमको एन्टरप्रेनमा प्रर्दशन गरिएको छ । यसअघि डेनमार्कबाट सुरु गरिएको प्रदर्शन बेल्जियमकै ब्रुजमा सोमबार प्रदर्शन भएको छ ।
यो बृत्तचित्र पूर्व प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक नेता स्व. गिरिजाप्रसाद कोइरालाको कमाण्डमा २०३० सालमा भएको विमान अपहरण काण्डसँग सम्बन्धित कथा हो । पत्रकार नेपालले वीपी प्रतिष्ठान बेल्जियमको सहयोगमा यो बृत्तचित्र तीन बर्ष लगाएर निर्माण गरेका हुन् ।
प्रजातन्त्र पुर्नबहालीकालागि सशस्त्र क्रान्तिको घोषणा गरेको कांग्रेसले हतियार लिएर क्रान्तिलाई अघि बढाउन आर्थिक अभाव उत्पन्न भएपछि वीपी कोइरालाको समर्थन लिएरै गिरिजाप्रसादले विमान अपहरणको योजना बनाएका थिए ।
विराटनगरबाट राष्ट्रबैंकको ३० लाख भारतीय रुपैयाँ लिएर उडेको तत्कालिन शाही नेपाल वायुसेवा निगमको 9NABB ट्वीनेटर विमान अपहरण भएको थियो । त्यसै विमान अपहरणको घट्नालाई समेटर बनाईएको ४८ मिनेट लामो बृत्रचित्र बनाईएको हो ।
प्रतिष्ठानले आयोजित कार्यक्रममा देखाईएको बृत्तचित्र हेर्न प्रवासी नेपालीहरुको भिड लागेको थियो । बृतचित्र हेरेपछि सबै दर्शकहरुले राम्रो भएको प्रतिक्रिया दिएको पत्रकार नेपालले बताएका छन् । उनले भने , रियल पात्र समावेस गरिएकाले डकुमेन्ट्रीको राम्रो प्रतिक्रिया आएको छ । कार्यक्रममा कांग्रेस नेता एवं पूर्व राज्यमन्त्री महादेव गुरुङको उपस्थिती थियो ।
कार्यक्रममा वीपी प्रतिष्ठानका अध्यक्ष ध्रुवराज पौडेल, प्रतिष्ठानका सदस्य ओम शर्मा, सिता सापकोटाले प्रजातान्त्रिक आन्दोलनकालागि भएको ऐतिहासिक घटनालाई संरक्षण बनाउन प्रतिष्ठानले बृत्तचित्र निर्माणमा सहयोग गरेको बताए ।
![]() |





0 comments
Write Down Your Responses
Thanks for Your comment.