पछिल्ला सामग्री :
अबको एनआरएन अध्यक्षमा घलेको सम्भावना उच्च

काठमाडौं/ आगामी असोजमा काठमाडौंमा हुन लागेको एनआरएनको निर्वाचनमा अस्ट्रलियामा व्यवसाय गर्दै आएका गैरआवासीय नेपाली शेष घले अध्यक्षमा निर्वाचित हुने निश्चित देखिएको छ ।

निर्वाचनको पछिल्लो माहोल अनुसार घले अध्यक्षमा निर्वाचित हुने पक्का देखिएको हो । अहिलेसम्म उहाँका प्रतिद्वन्द्वीमा वर्तमान महासचिव तेन्जी शेर्पा, सदस्यहरू हितमान तामाङ र रामप्रताप थापा देखिए पनि घले निर्वाचित हुने सम्भावना बढेको एक एनआरएनले नेपाली दर्पणलाई जानकारी दिएका छन् ।

यसअघि साउन २४ गते घलेले राजधानीमा गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए । पत्रकार सम्मेलनमा उनले अध्यक्षमा स्पर्धा गर्ने घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको बताएका थिए ।

अध्यक्षको उम्मेदवारी घोषणासँगै घलेले एक घोषणापत्र सार्वजनिक गर्दै सुरक्षित आप्रवास, एनआरएनको दर्ता, नेपालमा ज्ञान र पुँजीको लगानीका निम्ति विशेष प्रतिबद्धता व्यक्त गरेका थिए ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.