पछिल्ला सामग्री :
अधिकारीलाई १० दिन म्याद थप

चितवन/ गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याको आरोपमा पक्राउ परेका रामप्रसाद अधिकारीमाथिको अनुसन्धान नसकिएको भन्दै हिरासतको म्याद १० दिन थप गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले म्याद थपका लागि अदालतमा पेस गरेपछि जिल्ला अदालत चितवनले आज १० दिन थप म्यादको आदेश दिएको हो ।

काठमाडाँैमा पक्राउ परेका अधिकारीलाई सोही दिन चितवन ल्याएर अनुसन्धान थालिएको थियो । अदालतले दिएको १० दिनको म्यादभित्र अनुसन्धान पूरा नभएपछि म्याद थपका लागि पेस गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो ।

अधिकारी हत्या अभियोगमा किटानी जाहेरी परेका अन्य १० जना भने पक्राउ परेका छैनन् । अधिकारीलाई पहिलो पटक चितवन जिप्रकाले यही भदौ २३ गते जिल्ला अदालतबाट १० दिन म्याद थप गराई अनुसन्धान प्रक्रिया जारी राखेको थियो ।

काठमाडाँैबाट पक्राउ परेका अधिकारीलाई प्रहरीले भदौ २१ गते चितवन ल्याएको थियो । प्रहरीले अन्य आरोपितहरूको खोजी कार्य जारी रहेको बताएपनि आफन्तजनले भने प्रहरीले खोजी कार्यमा चासो नदेखाएको बताएका छन् ।

कृष्णप्रसादका बाबु नन्दप्रसाद र आमा गंगामाया अधिकारीले लामो समयसम्म आमरण अनशन बसेपछि चौतर्फी दबाबका कारण सरकारले रामप्रसादलाई नियन्त्रणमा लिएको थियो ।

उनलाई नियन्त्रणमा लिएलगत्तै अधिकारी दम्पतीले अनशन तोडेका थिए । चितवनको रत्ननगरमा हजूरबुबा र हजूरआमा भेट्न आएका अधिकारीको अपरहणपछि २०६१ जेठ २४ गते हत्या भएको थियो । रासस
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.