पछिल्ला सामग्री :
निर्वाचन ४ मंसिरमै हुन्छ : भट्टराई

गौशाला/ एमाओवादीका उपाध्यक्ष डा. बाबुराम भट्टराईले संविधानसभाको दोस्रो निर्वाचन आउँदो मंसिर ४ गतेकै दिन हुने ठोकुवा गर्नुभएको छ । महोत्तरी जिल्लाको बलबा बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानसभा निर्वाचनका सबै प्रक्रिया पूरा भइसकेकाले चुनाव तोकिएको मितिमै हुन्छ भन्नुभयो ।

नेता भट्टराईले संविधानसभाको पहिलो निर्वाचनमा एमाओवादीले पूर्ण बहुमत नपाएकाले संविधान बन्न सकेन भन्दै नयाँ संविधानका लागि आउँदो संविधानसभा निर्वाचनमा एमाओवादीको पूर्ण बहुमतको माग गर्नुभयो ।

उहाँले एमाओवादीले सुरुदेखि मधेसीको मुद्दा उठाएको र उसले नै मधेसी जनतालाई उनीहरूको अधिकार दिलाउन सक्ने दाबी गर्नुभयो ।

पार्टी प्रवेश कार्यक्रममा जिल्लाका २ नम्बर निर्वाचन क्षेत्रबाट १ हजार ५०० र ३ बाट तीन हजार नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एमाओवादीमा प्रवेश गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरू गिरिराजमणि पोखरेल, रामचन्द्र झा, रामकुमार शर्मासहितका नेताहरूको उपस्थिति थियो । रासस
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.