पछिल्ला सामग्री :
देशभरका पेट्रोलपम्प ठप्प

काठमाडौं/  इन्धनको मूल्यवृद्धि गरिएको विरोधमा विभिन्न १६ विद्यार्थी संगठनले आइतबार देशभरका पेट्रोल पम्प बन्द गरेका छन्।

मूल्यवृद्धि फिर्ताको माग गर्दै आइतबारदेखि तीन दिनसम्म देशभरका पेट्रोल बन्द गरिएको लागिएको नेवि संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो। १६ विद्यार्थी संगठनहरुले पेट्रोलपम्प बन्द गर्दा बजारमा इन्धनको अभाव देखिएको छ।

गत मंगलबार आयल निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ बढाएको थियो । वृद्धिसँगै फिर्ता लिन आग्रह गर्दै विद्यार्थी संगठनले उपत्यकाका क्याम्पसअगाडि नाराबाजीसहित चक्काजाम गर्दै आएका थिए ।

विद्यार्थीको आग्रहलाई सरकारले बेवास्ता गरेका कारण बाध्य भएर पेट्रोलपम्प बन्दको आह्वान गर्नु परेको नेपाल विद्यार्थी संघका प्रवक्ता लामिछानेले बताउनुभयो। सरकारले तत्काल मूल्यवृद्धि फिर्ता नलिए आन्दोलनका थप कार्यक्रम घोषणा गरिने छामिछानेको भनाइ छ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.