पछिल्ला सामग्री :
भारतीय विदेशसचिवले भनिन्, ‘बुद्धको जन्मस्थल नेपाल हो’ (तस्वीरसहित)

काठमाडौं/ भारतीय विदेशसचिव सुजथा सिंहले बुद्धको जन्मस्थल नेपालको लुम्बिनी नै रहेको बताएकी छन् ।

नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सिंहले बुद्धको जन्मस्थल नेपाल नै रहेको बताएकी हुन् ।

केही भारतीय सञ्चारमाध्यममा ‘भगवान् गौतम बुद्ध भारतमा जन्मेका’ भनेर भइरहेको प्रचारबाजीप्रति भारतीय विदेशसचिव सिंहले भनिन्, ‘बुद्धको जन्मस्थल लुम्बिनी हो । लुम्बिनी नेपालमा पर्छ ।’

उनले निर्धारित मितिमै संविधानसभा निर्वाचन हुनेमा भारत विश्वस्त रहेको पनि बताइन् । निष्पक्ष एवं स्वतन्त्र रूपमा चुनाव सम्पन्न गर्न नेपाल सरकारलाई थप सहयोग प्रदान गर्न भारत तयार रहेको सिंहको भनाइ थियो ।

नेपाल बसाइका क्रममा आफूले राष्ट्रपति डा. रामवरण यादव, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, परराष्ट्रसचिव अर्जुनबहादुर थापासँग बेग्लाबेग्लै भेटेर नेपालको राजनीतिक स्थायित्व र विकासमा भारतको सहयोग र सद्भाव सधैँ रहिरहने सन्देश प्रवाह गरेको उनले बताइन् ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.