पछिल्ला सामग्री :
युवा नेतालाई विजयी बनाउन अभियान (फोटो फिचरसहित)



काठमाडौं/ दोस्रोपल्ट हुन लागेको संविधानसभाको निर्वाचनमा युवा नेताहरूलाई विजयी बनाउन भन्दै करिब पाँच सय युवाको समूहले राजधानीमा र्‍याली निकालेको छ ।

‘युवाका लागि युवा अभियान नेपाल’को संयोजन र विभिन्न संघसंस्थाको सहयोगमा राजधानीमा निकालिएको र्‍यालीमा युवामैत्री संविधान निर्माणका लागि कुनै एक आमुख पार्टीभन्दा पनि सम्पूर्ण युवा नेतृत्वलाई मतदान गरी हाम्रो र राम्रो संविधान निर्माण गर्न युवाहरूले आह्वान गरेका छन् ।


अघिल्लो संविधानसभामा युवाको प्रतिनिधित्व कम भएकै कारण संविधानसभाबाट संविधान जारी हुन नसकेको भन्दै शान्त, समृद्ध र सु–संस्कृत नेपाल निर्माणका लागि युवा नेतृत्वलाई संविधान निर्माणमा सहभागी बनाउन अभियान सञ्चालन गरिएको अभियानका संयोजक अनन्त पराजुलीले जानकारी दिनुभयो ।

बन्द हड्ताल गर्न पाइँदैन, युवा अधिकार सुनिश्चित गरलगायतका नारा लेखिएका प्लेकार्डसहित शान्तिवाटिकाबाट पुरानो बसपार्क, सहिदगेट, आरएनएसी, जमल, घन्टाघर हुँदै पुन: शान्तिवाटिमा पुगेर र्‍याली कोणसभामा परिणत भएको थियो ।





कोणसभामा युवा अभियानकर्मी रामरोहन पन्तले दैनिक हजारौँको संख्यामा विदेशिने युवालाई स्वदेशमै रोजगारीको अवसर खोज्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले संविधानसभाको निर्वाचनमा मतदान गर्ने बहुमत युवाको रहेकाले आफ्नो अधिकार स्थापित गर्न युवा नेतृत्व छनोट गर्नुपर्ने तर्क गर्नुभयो ।

युवाका लागि युवा अभियानका संयोजक अनन्त पराजुलीले कुनै अमुक राजनीतिक दलको भन्दा पनि युवा नेतृत्वका लागि युवा नै जुट्नुको विकल्प नरहेको बताउनुभयो । अर्का युवा अभियानकर्मी हिमाल महतले जबसम्म युवा नेतृत्व नीति निर्माण तहमा पुग्दैन तबसम्म युवा अधिकार सुनिश्चित हुन नसक्ने भन्दै देशैभरका युवा एक भएर अगाडि बढ्नुपर्ने वेला आएको बताउनुभयो ।
IP

, , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.