जीवनी
»
नारायणगोपाल गुरुवाचार्यको जीवनी...!
नारायणगोपाल गुरुवाचार्यको जीवनी...!

स्वरसम्राट् नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाडौँ किलागलमा भएको हो । वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ उहाँको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकीमा स्नातकोत्तर गर्नुभयो । बडोदा (भारत) मा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाड्नुभयो । डिस्क र टेप गरी जम्मा २ सयवटा प्रसारित गीत गाएका नारायण गोपालले २०२३ सालमा सर्वोत्तम संगीतकार (रेडियो नेपाल), २०२४ सालमा सर्वोत्तम गायक (रेडियो नेपाल), २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्ष्मी पज्ञा पुरस्कार, २०४३ सालमा लायन्स अवार्ड, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कार, २०४७ सालमा उर्वशी रङ पुरस्कार र २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो (मरणोपरान्त) जस्ता पुरस्कारबाट सम्मानित हुनुभयो । खाना बनाउने, चेस खेल्ने चंगा उडाउने, फुटबल म्याच हेर्ने, टेबुल (विशेष गरी कोठाको) अगाडि पर्यो कि बजाउन थालिहाल्ने खालको उहाँको बानी र शौख थिए । बागीनाको प्रकाशक तथा संस्कृतिक संस्थानका महाप्रबन्धक, सञ्चार मन्त्रालयमा सल्लाहकारसमेत हुनुभएका नारायण गोपालले गीति नाटकको कथा 'कान्छी मस्याङ' लेखनुभएको थियो । उहाँको निधन वि.सं. २०४७ साल मंसिर १९ गते भयो ।

September 13, 2009 at 3:21 AM
good work, great writings