प्रशासनमा हजारौँ अभिलेख झुत्रो, सेवाग्राही मर्कामा
हिमालीयुवा डेक्सनुवाकोट, भदौ २६/सम्वन्धित निकायको बेवास्ताका कारण जिल्ला प्रशासन कार्यालय नुवाकोटमा कुहिएर हजारौँ अभिलेख झुत्रो भएका छन् । कतिपय अभिलेख पहिचान नै हुन नसक्ने गरी च्यातिनुका साथै धमिराले खाएको छ । यसरी महत्वपूर्ण अभिलेखहरूको अवस्था कामै नलाग्ने भएको हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् ।
जिल्लाको प्रमुख सरकारी कार्यालय जिल्ला प्रशासन कार्यालय नुवाकोटमा वर्षौदेखि कुहिएर महत्वपूर्ण अभिलेख झुत्रो भएपछि सेवाग्राही मर्कामा परेका हुन् । कार्यालयको लापरबाहीको कारण अभिलेख शाखाको नाममा चिसो कोठामा महत्वपूर्ण दस्तावेज र फाइल राखिएको छ । तर, धमिरा लाग्नुको साथै चिसोका कारण कुहिएर हजारौ महत्वपूर्ण दस्तावेज हाल काम नलाग्ने अवस्थामा पुगेका छन् ।
विगत दुइ वर्षदेखि प्रशासनले कम्प्युटर टाइप गरी नागरिकताको प्रमाणपत्र वितरण गर्दै आए पनि प्रशासनले अन्य संरचनालाई आधुनिक प्रविधिमा लैजान नसकेका कारण नागरिता वितरणको रेकर्ड राखिएको दस्तावेजलगायत अन्य महत्वपूर्ण हजारौँ कागजपत्रहरू अभिलेख शाखाको कोठामा कुहिएर रहेका छन् ।
नुवाकोट प्रशासन कार्यालयमा हाल कोहि व्यक्ति नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी तथा राहदानी लिन आएमा अर्को काम थपिन सक्छ, यदि कुहिएको र झत्रो भएको अभिलेखमा रेकर्ड फेला नपरे पुन: अर्को नयाँ नम्बरसहितको नागरिकता लिनुपर्ने अवस्था आएको छ ।
प्रशासनमा राखिएका दस्तावेज झुत्रो भएको सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्काले पहिलेदेखि नै कार्यालयका फाइल र दस्तावेजहरू अभिलेख शाखामा राखिँदै आएको हो । तर माथिबाट आधुनिकीकरणका लागि कुनै उपकरण नआएकाले अभिलेख सुरक्षाका अन्य उपाय गर्न नसकिएको स्पष्ट पारे ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.