पछिल्ला सामग्री :
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनी...!

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पाको हुनुभएको सन्दर्भ यसबेला चर्चामा छ । असी दशक पार गरेपछि यो चर्चा स्वभाविक पनि हो । जिम्मेवारी र देशको अवस्थाका कारण उहाँको महत्व आफ्नो ठाउँमा छ ।

पार्टीभित्र यसमा सोच भएका नेता छन् । दक्षिण एसियामा मौलाएको परम्परा धान्नुपर्ने हो की भन्ने अन्योल उत्तिकै छ । दोस्रो पुस्ता छताछुल्ल छ । त्यो पुस्तामा पाइएको जिम्मेवारीबोध गर्ने नेताको कमीले शेरबहादुर देउवा उछिट्टीएका थिए । हेरौं मुलुकले गिरिजाप्रसादका ठाउँमा कसलाई पाउने हो ?
कोइरालाको गाथानेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२५ अर्थात् वि।सं. १९८२ मा स्व. कृष्णप्रसाद कोइरालाकी कान्छी श्रीमती दिव्या कोइरालाका कान्छा छोराका रूपमा जहानियाँ राणा शासनको विरोध गर्दा परिवार निर्वासन रहेका बखत भारतको बिहार राज्यको टेडी, सहर्षामा भएको थियो । उनले भारतबाट अंग्रेज धपाउने आन्दोलन नजिकबाट देख्ने मौका पाए र अल्पायुमा नै राजनीतिमा लागे । सन् १९५०-५१ को नेपालमा प्रजातन्त्र पुनर्बहालीको राजनीतिमा लागेका कोइराला सन् १९४७-४८ को विराटनगरको मजदुर हडतालमा सक्रिय सहभागी भए ।

राणाशासनमा परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपाली कांग्रेस मोरङ जिल्लाको सभापति भए । उनी नेपाल ट्रेड युनियन कांग्रेस- नेकाको मजदुर एकताका लागि खोलिएको भातृ संगठन- को संस्थापक सदस्य एवं स्थापनाकालको अध्यक्ष हुन् । २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उनले तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र अरू सैयौ नेतासँग नजरबन्द र त्यसपछि ७ वर्ष लगातार जेल सजाय भोगे । २१ दिन भोक हडताल गरी सन् १९६७ मा जेलबाट छुटे ।

सन् १९८६ मा उनकी धर्मपत्नी सुष्मा कोइरालाको निधन भयो । कोइरालाले सन् १९७१ देखि भारतमा आत्मनिर्वासन बिताए । सन् १९७६ मा भारतको पटनामा भएको नेकाको अधिवेशनमा उनी महामन्त्री निर्वाचित भएपछि डेढ दशकसम्म (२०३३-४७) सो पदमा रही २०४८ को आमनिर्वाचिनपछि जननिर्वाचित प्रधानमन्त्री (२०४८ साल जेठ १२ देखि २०५१ मंसिरसम्म) रहे ।

प्रधानमन्त्री नियुक्त हुँदा कोइराला नेपाली कांग्रेसका महामन्त्री थिए । कोइराला २०४८ को आमनिर्वाचिनमा मोरङ क्षेत्र नं। १ सुनसरी क्षेत्र नं. ३ का साथै २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ क्षेत्र नं. १ र सुनसरीको क्षेत्र नं. ५ बाट निर्वाचित भए । २०५३ साल वैशाख २६-२८ मा काठमाडौँमा भएको नेकाको नवौँ महाधिवेशनमा उनी पार्टी सभापति भए ।

सूर्यबहादुर थापाले प्रधानमन्त्री पदबाट राजीनामा गरेपछि प्रतिनिधिसभामा सबभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेताका हैसियतले अल्पमतको सरकारको नेतृत्व गर्दै २०५४ साल चैत ३० गते दोस्रोपटक प्रधानमन्त्री पदमा नियुक्त भए । २०५४ साल फागुन २१ गते प्रतिनिधिसभाको सबभन्दा ठूलो दल नेकपा-एमाले- विभाजन भएपछि नेपाली कांग्रेस प्रतिनिधिसभामा सबभन्दा ठूलो दलका रुपमा स्थापित भएको हो । कोइरालाको नेतृत्वको सरकारमा पछि नेकपा -एमाले- विभाजन भएपछि बनेको दल नेपाल कम्युनिष्ट पार्टी- माले- सम्मिलित भयो । कोइराला नेपाली कांग्रेसका सभापति तथा संसदिय दलका नेता थिए । अल्पमत सरकारका प्रधानमन्त्रीबाट राजीनामा गरेपछि नेपाली कांग्रेस, नेकपा -एमाले- लगायतको संयुक्त सरकारको नेतृत्व गर्दै तेस्रोपटक २०५५ साल पुस ८ गते प्रधानमन्त्रीमा नियुक्त भए ।

कांग्रेसको इतिहासमा पहिलोपल्ट भएको संसदिय दलको नेताको चुनावमा विजयी भएपछि २०५६ साल चैत ७ गते प्रधानमन्त्री पदमा नियुक्त भए । उनले २०५८ साल साउन ४ गते पदबाट राजीनामा गरे । जनआन्दोलन २ पछि २०६३ वैशाखमा उनी पछिल्लोपटक प्रधानमन्त्री भएका छन् । कोइरालाकी एकमात्र छोरी सुजाता छिन् । जुन अहिले नेपाली काङ्ग्रेसको नेतृत्व गर्दै परराष्ट्रमन्त्रीसमेत रहेकी छन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.