पछिल्ला सामग्री :
मुक्तिनाथमा लाखौँ रुपैयाँको हिनामिना, नियन्त्रणको प्रयास भएन

हिमालीयुवा डेक्समुस्ताङ, असोज १८/हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरमा वर्षेनी लाखौँ रुपैयाँ हिनामिना हुनेगरेको भए पनि त्यसको नियन्त्रणको प्रयास हुन सकेको छैन् ।

मन्दिरमा चढाएको भेटीका बारेमा कसैसँग पनि आधिकारीक तथ्याङ्क नभएको र मन्दिरमा कति रकम चढाउँछन् भन्ने बारेमा हालसम्म पनि गोप्य राखिएको छ । मन्दिरमा विगतका वर्षहरूमा जिल्ला बाहिरबाट आउने भक्तजनहरूको सङ्ख्यामा करिव ६० प्रतिशतले बढेको भए पनि मन्दिरको भेटीमा भने कुनै परिर्वतन नहुने भएकाले त्यहाँ हिनामिना हुने गरेको स्थानीय बासिन्दाको आरोप रहेको छ ।

मन्दिरका पुजारी कृष्णप्रसाद रिजाल भने आफ्नो तलब र भत्ता बाहेक आफूलाई कुनै रकमको बारेमा जानकारी नभएको बताउँछन् । भेटीको हिनामिनाको बारेमा मुक्तिनाथ विकास समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेसकुमार ढकालले भने अनभिज्ञता प्रकट गरेका छन् । (नेस्वससेको सहयोगमा)
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.