पछिल्ला सामग्री :
नवोदितको चौथो अधिवेशन, सरुभक्तको एकल वाचन (भिडियोसहित)


भोला थापा क्षेत्री, दोहा/ भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुल नारा लिएर कतारमा स्थापना भई साहित्यको  सेवामा लागेका कतारका साहित्यकारहरुको संस्था नवोदित साहित्यिक वाचनलायको चौथो अधिवेसन अध्यक्ष महेन्द्र गुरुङ्गको सभापत्विमा सम्पन्न भएको छ  ।

चौथो अधिवेशनमा अध्यक्ष पदमा यूग योगी राई,उपाध्यक्ष प्रविण राई, महासचिव विष्णु भक्त डि.सी, सचिव रोमन पिडा, कोषाध्यक्ष ललिता गौतम, सहकोषाध्यक्ष प्रदीप सुनुवार रहेका छन् । सदस्यहरुमा जितेन चेम्जोङ्ग, सन्त बम्जन, रंगिला लामा, कृष्ण सिंखडा र राम राई रहेका छन् । कार्यक्रममा उपस्थित सम्पूर्णले नेपाली राष्ट्रियगान गाउनुका साथै ज्ञात अज्ञात सहिदहरूको सम्झानमा मौन धारण गरेका थिए ।

 कार्यक्रमको उद्घाटन प्रमुख अतिथि तथा विशेष अतिथिहरूबाट संयुक्त रूपमा गरिएको थियो। विशेष अतिथि नेपाली राजदूतावास कतारका द्वितीय सचिव जयाबहादुर छाङ्छा राईद्वारा लक्ष्मीप्रसाद देवकोटाको तस्वीरमा माल्यार्पण गरिएपछि कार्यक्रम विधिबत रुपमा शुरु भएको थियो ।

१०४ औं लक्ष्मी जयन्त तथा ६०औं नियमित बाचन श्रृंखलाको सिलसिलामा साहित्यकार सरुभक्तले एकल वाचन कार्यक्रममा उनले विभिन्न समयमा रचना गरिएको कविता,मुक्तक र गजल गरी दुईदर्जन भन्दा बढी  साहित्य रचनाहरु बाचन गरेर उपस्थित सवैलाई मन्त्रमुग्ध बनाउन सफल भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका साहित्यकार सरुभक्तले मन्तव्य दिंदै भने ‘कविलाई कविता सुनाउने अधिकार हुन्छ, तर स्रोतालाई बोर गराउने अधिकार भने  हुादैन । यो एउटा लेख र साहित्यकार विचको सम्बन्ध हो । सम्बन्धलाई घरेलु सम्बन्धका रूपमा आफूले लिएको  बताउादै । रगत र पसिना बगाएर आफ्नो भविष्य खोज्दै आएका सबैको सिर्जना बुद्धि, विवेक र उत्साहलाई सम्मानका साथै देशको भविष्य र राष्ट्रप्रति सजग रहनुपर्ने बताए ।



कतारमा छायांकन हुन गइरहेको चलचित्र यदिको शुभमूहर्त पनि सोही कार्यक्रममा साहित्यकारबाट गरिएको थियो । निर्देशक प्रवीण राई तथा कवि तथा आख्यानकार सरुभक्त श्रेष्ठबाट नरिवल फुटाएर यदिको शुभ मूहर्त गरिएको थियो ।
 
कार्यक्रममा विशेष अतिथिहरूमा नेपाली राजदूतावास कतारका द्वितीयसचिव कवि जयाबहादुर छाङ्छा राई, एनआरएनए आइसिसी मध्यपूर्व संयोजक नरेन्द्र भाट, समाजसेवी सागर नेपाल, एनआरएन एनसिसीका उपाध्यक्ष गुरु नारायण रानाभाट,समाजसेवी चानक पोख्रेल,भेषराज पराजुली, रमेश भट्ट, नेपाली जनसम्पर्क समितिका सभापति विमल सुवेदी, लोकतान्त्रि मञ्चका अध्यक्ष दिलकिरण खुजुम, समाजसेवी तथा बुद्धिजिवि शिखर वैद्य,  अन्तर्राष्ट्रिय साहित्य समाजका अध्यक्ष हेमन्त प्रदेशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । परदेशमा रहेर पनि कलमको माध्यमबाट आफ्नो जन्मभूमिलाई सेवा गरिहेका बताउादै । सधै गरिरहन पाइयोस भन्दै कार्यक्रम सफलताको शुभकामना दिए । देशमा हाम्रो अस्तित्व हराइरहेकोमा नेपालबाट साहित्यकार बोलाएर कार्यक्रम गरेकोमा आयोजक टिमलाई धन्यावद दिएका थिए । । कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटाको जीवनीबारे रोमन पीडाले जानकारी गराएका थिए ।
 
अन्य अतिथिहरुमा स्याङ्जा सेवा समाजका अध्यक्ष टुकराज अर्याल, खस क्षेत्री समाज कतारका अध्यक्ष हसंराज ढकाल,सन्ध्या गु्रप अल्खोरका अध्यक्ष थर्चा लामा, महिला समाज कतारकी अध्यक्ष रेखा राई, नवोदित साहित्यिक मोबाइल पुस्तकालयका महासचिव चर्चित ढुंगेल, गोरखा सेवा समाजका अध्यक्ष श्रीकृष्ण भट्टराई, तनहुा सेवा समाजका सचिव मुनाफ मियाा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । सन्ध्यग्रुप अलखोरका अध्यक्ष थर्चा लामाले  सम्मानपत्र मुग्लानी सौगात पत्रिकाका सम्पादक दिलीप अविरल, व्यावस्थापक राजेन्द्र खनालका साथै आरम्भ नाटय डबलीका पदाधिकारीहरुले पनि कार्यक्रममा खादा ओडाएर सम्मान गरिएको थियो ।
 
 
विशेष अतिथि नेपाली राजदूतावासका  द्वितीय सचिव कवि जयाबहादुर छाङ्छा राईलाई संस्थाका अध्यक्ष गुरुङद्वारा सम्मानपत्र प्रदान गरिएको थियो भने साहित्यकारलाई सरुभक्तलाई दोसाल्ला ओडाएर सम्मान गरेका थिए  । संस्थाले विभिन्न सहयोगी व्यक्तिलाई पनि कदरपत्र तथा सम्मान पत्र दिएर सम्मान गरेको थियो । देश वालुको घर होईन्  । ऊ हरिभक्त कटुवल हो, हरहर महादेव, सर्वहारा धर्तिभरी यज्ञ, मुक्तिनाथ भलाई कविताको बर नदेउ, कविता सम्प्रेषण नेपाल, कीर्तिपुर मलाई माफगर, भातेहरु लिगलिग कोटको दौडमा छन्, देशको जुनुमाया, गाउाकी जुनुमाया, प्रेमको कविता, साईकलमा झुण्डयाईएका कुखुराहरु, बहुलाही आमाहरुको जुलुसजस्ता कविताका साथै गजल, मुक्तक पनि वाचन गरिएको थियो । संस्थाका अध्यक्ष महेन्द्र गुरुङले सम्पूर्ण अतिथिहरुलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरिएको थियो । नेपालको तनहुँबाट रेडियो ढोरबराही एफएम ८२.२ मेगहर्जले प्रत्यक्ष प्रसारण गरेको थियो । कार्यक्रम संचालन नवराज वि.कले गरेका थिए ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.