पछिल्ला सामग्री :
बालोटेलीलाई हराए उनकी प्रेमिकासँग सुत्न पाइने (तस्वीरसहित)

एजेन्सी/ युरोपियन फुटबलमा इटालीका अन्तर्राष्ट्रिय स्ट्राइकर मारियो बालोटेली विवादास्पद फुटबलरका रूपमा चिनिन्छन् । चाहे इंग्लिस प्रिमियरसिप क्लब म्यानचेस्टर वा सिरी ‘ए’ क्लब एसी मिलानमा आबद्ध हुँदा किन नहोस्, बालोटेली विवादकै भूमरीमा परिरहने खेलाडी हुन् ।

यसपटक इटालियन म्यानको ताजा टिप्पणी सबैलाई होस उडाउने प्रकारको छ । बालोटेलीले विवादमा आउन बेल्जियमकी प्रेमिका फानी नुगेसालाई प्रयोग गरेका छन् । यस सिजनको युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार दोस्रो सेमिफाइनल लेग सुरु हुँदै छ । नौपटकको विजेता रियल म्याड्रिडले जर्मनी क्लब ब्रुसिया डर्टमन्डविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

बालोटेलीले दोस्रो लेगमा डर्टमन्ड पराजित हुँदा आफ्नी प्रेमिका फानी रियलका खेलाडीका लागि एक रात छुट दिने घोषणा गरेका छन् । पहिलो लेगमा जर्मनी क्लब ४–१ ले विजयी भएको थियो । बालोटेलीले भने, ‘यदि डर्टमन्डलाई हरायो भने रियलका खेलाडीले मेरी प्रेमिकासँग एक रात सुत्ने पाउनेछन्, उनीहरूलाई सबै काम गर्न छुट छ ।’

डर्टमन्ड च्याम्पियन्स लिगको फाइनलमा पुग्ने पक्षमा बालोटेली निर्धक्क छन् । अन्तर्राष्ट्रिय एजेन्सीहरूले बालोटेलीको पछिल्लो ‘बोल्ड’ टिप्पणी स्पेनिस क्लबलाई होच्याएको दाबी गर्छन् । तर, बालोटेलीले स्पेनिस क्लबलाई उत्साह तथा आकर्षित पार्न जोखिमपूर्ण भनाइ सार्वजनिक गरेको दाबी गरेका छन् ।

‘धेरैलाई मेरो टिप्पणी अनौठो लाग्न सक्छ तर मलाई पनि थाहा छ, मेरा कारण फानी दु:खी भएको हुनुपर्छ,’ उनले भने, ‘मैले धेरै विचार पुर्‍याएर यस्तो टिप्पणी दिएको हुँ ।’ अघिल्लो साता बालोटेलीले प्रेमिका फानीसँगको सम्बन्ध असजिलो लागेको बताएका थिए ।

यो पनि हेर्नुहोस् ।
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.