मन्डेलाको निधनमा सरकारद्वारा दु:ख
मन्त्रिपरिषद् अध्यक्षको
सरकारी निवास बालुवाटारमा अहिले साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दक्षिण
अफ्रिकाका पूर्व राष्ट्रपति, रंगभेद विरुद्वको आन्दोलनका अग्रणी नेता,
स्वतन्त्रता, समानता तथा लोकतन्त्रका अथक योद्वा, शान्ति, न्याय र साहसका
प्रतीक नेल्शन मण्डेलाको असामयिक निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
स्वर्गीय मण्डेलाको दिंवगत आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद घडीमा नेपाल सरकार, दक्षिण अफ्रिकी सरकार, जनता तथा शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। स्वर्गीय मण्डेलाको निधनमा शोक मनाउन यही मङ्सिर २३ देखि २५ गतेसम्म तिन दिन सरकारी कार्यालय र बिदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने र कुनै पनि सरकारी औपचारिक समारोह नगर्ने निर्णय गरेको छ ।
साथै मण्डेलाको निधनमा आगामी २०७० साल मंसीर २५ गतेका दिन दक्षिण अफ्रिकामा हुने श्रद्धाञ्जली सभामा नेपाल सरकारका तर्फबाट माननीय परराष्ट्र मन्त्री श्री माधवप्रसाद घिमिरेको नेतृत्वमा एक प्रतिनिधि– मण्डलले भाग लिनेसमेत निर्णय भएको मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार आरपी पाण्डेले जानकारी दिनुभयो ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.