पछिल्ला सामग्री :
हनुमान केबुल अबैध रुपमा सञ्चालन

हिमालीयुवा डेस्क
काठमाडौँ, असोज १८/
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको हनुमान केबुल प्राइभेट लिमिटेडले अवैध रुपमा केबुल सञ्चालन गरिरहेको खुलासा भएको छ ।

जनकपुरमा केबुल सञ्चालन गर्न इजाजत पाएको हनुमान केबुलले जलेश्वरलगायत त्यस वरपरका गाउँमा अवैध रुपमा केबुल सञ्चालन गरिरहेको पाइएको हो । साथै भारतीय रिसिभरबाट टेलिभिजन च्यानलहरू समेत प्रशारण गरिरहेको छ । यसरी केबुल सञ्चालनका लागि महोत्तरीको कुनै निकायबाट इजाजत लिएको छैन ।

ग्राहकसँग मासिक १ सय ५० रुपैयाँ लिने गरे पनि हनुमान केबुलले अहिलेसम्म प्रशासनलाई भने कर तिरेको छैन । व्यापार गर्न उद्योग बाणिज्य सङ्घको कार्यालयबाट समेत हनुमान केबुलले इजाजत लिएको छैन् ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.