व्यवसायीद्वारा यात्रुसँग दोब्बर भाडा असुली
हिमालीयुवा डेक्सइलाम, असोज १८/सार्वजनिक यातायातका साधनहरूले इलामको पूर्वी फिक्कल-पशुपतिनगर सडकखण्डमा सरकारले तोकेको वैज्ञानिक भाडादरभन्दा दोब्बर भाडा यात्रुहरूबाट असुल्ने गरेका छन् ।
यहाँ १० किलोमिटर सडकमा यात्रा गर्दा यात्रुहरुले ४० रुपैयाँ तिर्नुपरेको छ । सरकारले पहाडी राजमार्गका लागि प्रतिकिलोमिटर १ रुपैयाँ ३२ पैसा वैज्ञानिक भाडादर तोके पनि फिक्कल-पशुपतिनगर चल्ने सार्वजनिक सवारीले प्रतिकिलोमिटर ४ रुपैयाँका दरले भाडा लिइरहेका छन् ।
उता मेची राजमार्गअन्तर्गत इलामको इलाम-बिब्लाँटे सडकखण्डमा पनि पूर्वनिर्धारित भाडादर लागु हुन सकेको छैन । करिव ७ महिनाअघि स्थानीय प्रशासन, विद्यार्थी र यातायात व्यवसायीबीच भएको सहमतिअनुसार विद्यार्थीलाई ६ रुपैयाँ मात्र लिने भनिए पनि अहिले ५ किलोमिटरको बाटोमा प्रतिव्यक्ति १५ रुपैयाँ भाडा लिने गरिएको विद्यार्थीहरूको गुनासो छ ।
यता श्रम तथा यातायात व्यवस्था विभागले भने मेची राजमार्गलगायत अन्य राजमार्गमा पनि वैज्ञानिक भाडादर लागु गर्ने प्रकया अघि बढाइएको बताएको छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.