पछिल्ला सामग्री :
भारतीय टेलिसिरियलमा बिक्दै उषा (भिडियोसहित)

नेपाली सिनेमामा खासै जम्न नसकेपछि भारतीय कलाकार राहुल रोयका पछि लागेर मुम्बई पुगेकी नायिका उषा पौडेल भारतीय सिरियलमा जमिरहेकी छिन् । नेपाली सिनेमाका थुप्रै कलाकार भारत पुगेपनि रित्तो हात फर्किरहेका छन् ।

तर, नायिका पौडेलको भने भारतीय सिरियलमा माग बढ्दै गएको छ ।
केही समयअघि उनी भारतीय चर्चित टेलिभिजन सोनीबाट प्रशारण हुँदै आएको अदालतमा देखिएकी थिइन् ।

अदालतको २ भागमा देखिएपछि उनको टेलिसिरियलको यात्राअघि बढेको हो । अहिले नायिका पौडेल ‘साहारा वन’ बाट प्रशारण हुदै आएको ‘तुज संग पि्रत लगाइ सजना’मा देखिएकी छिन् ।

उनको भुमिका यो सिरियलमा निक्कै दमदार देखिएको छ । भारतीय सिरियलका चर्चित कलाकारसँगै उषाले अभिनय गरेको देख्न सकिन्छ ।
बलिउड नगरीमा प्रवेश गर्नका लागि संघर्षरत् उषा सिरियललाई आफ्नो सिनेमा प्रवेशको खुड्किलो बनाउँदैछिन् ।



IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.