पछिल्ला सामग्री :
आफैँले बोकेको बन्दुक पड्किँदा...

रुकुम, २८ फागुन/ आफूसँग भएको अवैध हतियार बुझाउनको लागि घरबाट हिँडेका पूर्वी रुकुमको जाङ गाविसका एक युवक आफैँले बोकेको बन्दुक पड्कँदा घाइते भएका छन् ।

वडा नम्बर–९ खारावाङका २३ वर्षीय भागिराम रोका आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा घाइते भएका हुन् । घाइते रोकाको जिल्ला अस्पतल सल्लेमा उपचार भइरहेको छ ।

बन्दुकको गोलीले हत्केला छेडिएको रोकालाई प्रहरीकै सहायताले अस्पताल पुर्‍याइएको हो । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । अवैध हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले गरेको आग्रहअनुसार बन्दुक बुझाउन आउँदा बोकेको बन्दुक खसेर पड्केपछि रोका घाइते भएको प्रहरीले बताएको छ ।

प्रशासन प्रहरीले अवैध हतियार बुझाउन आग्रह गरे लगत्तै अवैध हतियार बुझाउन थालिएको छ । हालसम्म रुकुमकोटमा एकजना र अर्को एक ठाउँमा दुईवटा मात्र हतियार प्रहरीलाई बुझाइएको छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय भोजपुरले अवैध हातहतियार तथा खरखजना बुझाउन जिल्लाका सर्वसाधारणलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गरी विनाइजाजतका अवैध हातहतियार तथा खरखजना एक महिनाभित्र बुझाउन आग्रह गरेको हो । अवैध हतियार राख्दा धनजनको क्षति तथा मानिसको मृत्युसमेतक घटनामा वृद्धि भएको भन्दै प्रहरीले शान्ति सुरक्षाको व्यवस्थापनका लागि आफूसँग राखिएका अवैध हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको हो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.