पछिल्ला सामग्री :
हत्या अन्त्य गर्न मृत्युदण्डको सजाय हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २६ फागुन/ प्रधानमन्त्री डा. बाबुराम भट्टराईले महिलामाथि हुनेगरेको बलात्कार र हत्याको अन्त्य गर्न मृत्युदण्डकै सजाय हुनुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभएको छ ।

देशमा जारी महिला हिंसा रोक्न दबाब दिन पुगेका महिला अधिकारकर्मीहरूसँग प्रधानमन्त्री भट्टराईले हाम्रो देशमा महिलालाई दोस्रो दर्जाका रूपमा हेर्ने परम्परा भएकाले महिलामाथि हुनेगरेको हिंसा नरोकिएको बताउनुभयो ।

लामो समयदेखि जारी रहेको महिला हिंसाविरोधी आन्दोलनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री भट्टराईले नागरिक समाज, कानुन व्यवसायी र सरकारबीच समन्वय हुन सके महिला हिंसा तत्काल रोकिनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो ।


IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.