पछिल्ला सामग्री :
ब्रह्माण्डको अपार रहस्य र मानवजीवन

कोमल पौडेल
हामी ब्रह्माण्डबारेमा लगभग ४, ५ प्रतिशत मात्र विज्ञ छौँ होला । ब्रह्माण्डको शक्ति चमत्कार, रहस्यबारे जानकारी लिन हामीलाई समय छैन र पहुँच पनि हुन सक्ने प्रविधि र ज्ञान आइसकेको छैन । हामी रहेको पृथ्वीको शक्ति, क्षमता र रहस्य पनि बुझिसकेका छैनौँ । कसरी यो पृथ्वीमा यति धेरै प्राणीहरूको उत्पत्ति सम्भव भयो †

माटोमा केही रङ हुँदैन तर बिरुवा र फूलहरूको धेरैथरी रङ कुन प्रक्रियाले आउँछ । फलफूलको स्वाद किन, कुन प्रक्रियाले फरक हुन्छ । अमिलोपन्, तितोपन र गुलियोपन केबाट र कुन प्रक्रियाले आउँछ । किन परोपकारी र महान व्यक्तिको निधनमा मौसममा नराम्रो परिवर्तन भई प्रतिक्रिया देखाउँछ । मानव स्वभाव किन फरक छ । मानवआत्मा मृत्युपछि कहाँ जान्छ र अनुभूत गर्न सम्भव छ कि छैन । स्वर्ग र नर्क छ कि छैन । जस्ता हजारौँ प्रश्नको उत्तर नभेटाइ, नपाइ, ज्ञान नभै हामी यो संसारबाट बिदा हुन्छ ।

जीवहरूको अस्तित्व को निरन्तरताका निम्ति तयार भएको यो पृथ्वीमा भएको कम्पोजिसन र मानव शरीरको कम्पोजिसन (रचना, बनावट) मिल्छ । वायुमण्डल र पृथ्वीमा भएको तत्त्व (मिनेरल, ग्यास) नै मानव शरीरमा छ । मानव शरीरमा तीन भाग पानी एक भाग ठोस पदार्थ छ भने पृथ्वीमा पनि तीन भाग पानी एक भाग भूमि छ । त्यो पत्ता लगाउन सकेका छौँ । शरीरको आवश्यकताअनुसार स्वादको निर्माण वा स्वादको व्यवस्था गरिएको छ । मानव शरीरलाई आयोडिन निकै कम मात्र भए पुग्छ यसको स्वाद नुनिलो बनाइ धेरै लिनबाट जोगाइएको छ । शरीरलाई धेरै आवश्यक प्रोटिन र कार्बोहाइड्रेड स्वाद केही नभएकाले धेरै खान सकिन्छ ।

गुलियो पदार्थ दिमागको कामलाई निरन्तरता दिन आवश्यक हुन्छ । त्यसैले यति मीठो स्वाद छ, जुन खान मन लागछ र थोरै मात्रमा उपभोग गर्न सकिन्छ । एउटा पृथ्वीले प्राणीलाई दिएको अपार माया जहाँ जे बढी मात्रमा चाहिन्छ त्यही ठाउँमा त्यो तत्त्व उत्पादन गरिदिने गरेको छ ।

किन केरा र एवोकाडो चिसो ठाउँमा हुँदैन । यि फलमा प्रचुर मात्रमा पोटसियम हुन्छ । मानवको शरीरबाट पोटासियम पसिना आउँदा धेरै मात्रमा बाहिर निस्कन्छ । मानसिक गतिविधि र शरीर सन्तुलन राख्न यसको आवश्यकता परिरहन्छ । सुन्तला कागतीजस्ता फलहरू चिसो ठाउँमा हुन्छन् । यिनीहरूमा भिटामिन ‘सी’ प्रचुर पाइन्छ जसले रगतलाई पातलो बनाइ रक्त सञ्चार हुन मद्दत गर्दछ । चिसो ठाउँमा मानवका रक्तनलीहरू खुम्चिएर साँधुरिन्छन् । यी फलफूलको सेवनले रक्तसञ्चार सजिलो बनाइ दिन्छ । जाडो ठाउँमा कोदो, र गर्मी ठाउँमा धानको उत्पादन यस्तै अरू धेरै होलान त्यो अनुसन्धानको विषय हो । जुन कुरा छँुदा या खाँदा धेरै प्रकारका रोग लाग्ने र सर्ने सम्भावना हुन्छ ती कुरा देखेर घिन लाग्ने चेतना कसरी आउँछ, यसको हानीबारे जानकारी नपाउँदै ।

संसारको जुन कुनामा जन्मेको मानिसमा पनि किन एउटै कुरामा लाज लाग्छ । मुलभुत मानवीय ब्यबहारलाई सबै समाजमा अनुमती दिने र केही त्यस्ता जसलाई निषेध गर्ने स्वभावको चेतना धेरै फरक संस्कृतीमा पनि मिल्दो छ यो सबै प्रकृतिले दिएको चेतना हो । रुख को पहिला उत्पादन भयो या मानवले काठको आबश्यकता पहिला महशुस भयो त्यो अनुसन्धानको विषय हो । कसरी समान भूमिमा ठुला ठुला काठ उत्पादन हुने रूख उम्रिए । जीवलाई जोगाउन प्रकृतिले गरेको प्रयास पनि अनौठो लाग्दो छ । ठूला–ठूला फल रूखको छहारी जहाँ सूर्यको किरणले आत्तिएका वेलामा बस्न पुग्छन् त्यो रूखको फल सानो छ र खसे पनि चोट नलाग्ने खालको छ । जहाँ गर्मी हुन्छ त्यहाँ मात्र यस्ता छहारी दिने रूखहरू हुन्छन् । पिपलको फल किन सानो हुन्छ र गर्मी मौसम हुने ठाउँमा मात्र हुन्छ । मेवाको फल ठूलो हुन्छ, तर छहारी पाउन सकिँदैन । चिसो ठाउँमा एउटा पनि छहारी दिने रूख देखेकी छैन ।

संसारमा सबै कुराको सकारात्मक र नकारात्मक शक्ति हुन्छ । हुन सक्छ मानवका सकारात्मक क्रियाकलापले आत्म राम्रो, सजिलो, सुन्दर स्थानतिर जाने र नकारात्मक क्रियाकलाप गर्नाले निधनपछि अफ्ठयारो, कष्टकर ठाउँतिर जाने । र यसलाई नै स्वर्ग र नर्क भनिएहोला । सुतेको वेलामा कसरी आत्मा सर्लक्क शरीरलाई छोडेर निस्कन्छ र विविध अनुभूत गर्छ ।

त्यस्तै निधनपछि पनि आत्माले अनुभूत गर्छ भन्ने कुरा विश्वास गर्न सकिन्छ । संसारका हरेक समाजमा यो चेत पनि आएको छ कि स्वर्ग नर्क, दैत्य शक्ति, छ यद्यपि ती समाज एक–अर्को सम्पर्कमा छैनन् । मानवीय समाज र प्रकृतिको अन्तर सम्बन्ध छ । त्यसैले सामाजिक घटनाहरूको प्रकृतिले प्रतिक्रिया देखाउँछ ।
IP

,

0 comments

Write Down Your Responses

Thanks for Your comment.