‘म माओवादी होइन, जसले सयौँपटक अदालतको अवज्ञा गर्यो’
भ्रष्टाचारको अभियोगमा जेल परेका पूर्वमन्त्री जयप्रकाश गुप्तासँग अनन्त अनुरागले गरेको कुराकानी ।
तपाईंको रिहा हुने वेला आएको, जेलमा कसरी समय बिताउनुभयो ?
कसैलाई जेलमा राख्नुको उद्देश्य नै उसलाई समाजको सम्पर्कबाट टाढा राख्नु हो । तर मेरो जेल जीवन त्यस्तो एकांकी रहेन । प्रायस: हरेक दिन नै औसतमा पचास साठी जना साथी, शुभचिन्तकहरूसंग निरन्तर भेट भै रह्यो । बिभिन्न पार्टीका नेताहरूसंग पनि भेट भै रह्यो । दिनभरको समय आपसी विचार विमर्श मै वित्ने गरेको छ । साँझ–बिहान निरन्तर लेख्ने गरेको छु । राति अवेरसम्म पढने गरेको छु । समग्रमा यो जेल जीवन दु:खद भएपनि मैले यसलाई उपयोगी बनाउने भरसक्य प्रयास गरें ।
तपाईले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरी भ्रष्टाचार गरेकै हुँ भन्नुभएको हो ?
एकदमै होइन । कानूनको राज्य मान्ने एक प्रजातन्त्रवादीको नाताले अदालतको फैसला मान्नु को विकल्प के छ र ? म माओवादी होइन, जसले सयौं पटक अदालतको अवज्ञा गरेर पनि उही अदालतको प्रधान न्यायाधिशको बैठक कोठाको स्थायी आमन्त्रण पाउने सौभाग्य पाएको हुन्छ । हामी जस्ताको प्रजातन्त्र प्रतिको प्रतिबद्धताकै कारणले पटक–पटक अदालतले गरेको अन्यायको शिकार हुनु पर्दछ ।मैले मेरो वारेमा अदालतले गरेको फैसलालाई गलत भनेको छु । अदालतले म प्रति पूर्वाग्रह राखेर नै फैसला गरेको हो । दूई जना न्यायाधिशको मनोगत तथा अबैज्ञानिक सम्पति विश्लेषणको आधारमा म दण्डित भएको हुं । मेरो विरुद्धको निर्णय तथ्यमा आधारित छैन । म कुनै भ्रष्टाचार गरेको छैन । मंत्रीको रूपमा मैले गरेको कुनैपनि काम तथा मेरो कुनै पनि निर्णयलाई अख्तियारले तथा अदालतले गलत सावित गरेको छैन । यो आरोप पनि थिएन । रिश्वत लिएको बिषय पनि होईन । अख्तियारले मेरो सम्पूर्ण सम्पतिको मूल्यांकन रु. २ करोड १२ लाखकोगर्यो । मैले सबैको प्रमाण दिए । बिशेष अदालतले मलाई सफाय दियो । सर्वोच्च अदालतले बिशेष अदालतले गरेको सबै मूल्यांकनलाई घटाई दियो । नेपाल सरकारको कृषि मंत्रालयले सप्तरीको मेरो जग्गामा प्रति बिघा ६० मन धान उब्जिन्छ भनेर लेखेरै दियो । अदालतले बिना आधार र तथ्य बेगर १५ मन मात्र उब्जिन्छ भन्यो । मैले मंत्री हुदां सरकारबाट जम्मा ४० लाख रकम पारिश्रमिक आदि वापत पाएँ । अन्य सबैको मुद्दामा अदालतले आयको ७० प्रतिशत वचत हुन्छ भन्यो । मेरो माकुनै वचत हुने मानेन । अदालतले भन्यो, मेरो जीवन विलासी छ रे, मेरो वचत हुन सक्दैन । अब मैले के गर्ने । जेल त आउने हो नि । अदालतले गरेको फैसला हेर्नु होस् । अनि समाजको व्यवहार हुर्नु होस् । सबै स्पष्ट हुन्छ । शेरबहादुर देउवा पहिलो पटक प्रम हुंदा दिइएको सांसद सुविधा अन्तर्गत भन्सार छुटमा मैले रु. ६ लाखमा गाडी किनें । त्यो गाडी मैले रु. १५ लाखमा बेचें । गाडी किन्नेले आफ्नो बैंक एकाउण्टको चेकबाटै मेरो खातामा त्यो रकम जमा गरे । त्यो रकम (१५ लाख) मा ३ लाख रकम थपेर मैले अर्काे गाडी किनें । तर, अदालतले भन्सार छुटको गाडी बेच्न पाइन्न भन्दै मेरो खातामा जम्मा भएको त्यो १५ लाखलाई पनि अवैध ठहर्यायो । त्यो सुविधा अन्तर्गत त्यतिबेलाका सांसद, न्यायाधिसहरूले पनि लाखौं मूल्य पर्ने गाडी किनेका छन् । एकाध बाहेक सबैले गाडी भाडामा लगाएका छन् वा बिक्री गरेका छन् । सुविधाको गाडी बेच्न नपाइने कुनै कानून त छैन । मेरो मुद्दा उपर गरिएको फैसलामा सुविधा अन्तर्गतको गाडी बेच्न वा भाडामा लगाउंदा आउने रकमलाई अवैध मानिएको छ । मेरो त सार्वजनिक चुनौती छ:: त्यो के भने, सूर्यनाथ उपाध्यायदेखि झलनाथ खनालसम्मले मलाई लगाएको मापदण्ड अनुसार नै आ–आफ्नो सम्पत्ति बैध सावित गरुन्, अनि म अपराधी मानौंला आफूलाई र म यो खोरबाट निस्केपछि राजनीति नगरौंला ।
तपाईंका अनुसार नेपालको न्यायालय पनि मधेसको पक्षमा छैन भन्न खोज्नुभएको हो ?अह् , अदालत त मधेस विरोधी नै हो । यसले आजसम्म गरेको फैसला हेरे थाहा हुन्छ । मधेसी मानव अधिकारवादी संजालले अध्ययन गरी प्रकाशित गरेको पुस्तक ‘न्यायको खोजीमा’ पढदा सबै स्पष्ट हुन्छ । राष्ट्रिय पोशाकको बिषय, नागरिकताको बिषय, समावेशीकरणको बिषय, उपराष्ट्रपतिको शपथ ग्रहणको बिषय, मधेसका नगरपालिकाहरूमा स्थानीय भाषालाई मान्यता दिएको बिषय, मधेसको हुलाकी सडकको निर्माणको बिषय–यी र यस्ता बीसौं बिषयहरू छन, जस्मा अदालतले मधेस विरोधी रूप देखाएको छ । म त अदालतले कायम राख्न चाहेको एकात्मवादी राज्यसत्ता ढाल्न चाहेको मानिस मलाई त के छोड्थे र ? म जीवनभर भनि रहन्छु–नेपालको अदालत मधेस विरोधी हो । यसको यस रूपलाई बदल्नुपर्छ ।
तपाईंलाई जेल भित्र पठाउने कार्यमा केही मधेसी नेताहरूको पनि हात थियो भनिन्छ नि सत्य हो ?
म कसैमाथि दोष लगाउँदैन । मसँग कुनै प्रमाण छैन । केहीले यस्तो भएको छ भन्यो । यदि कसैले यसो गरेको हो भने, केही समय पछि त्यस्ता मानिस स्वयं नै यस्को शिकार हुनेछन् । आफै जेलमा परेको थाहा पाउने छन् ।
के अब तपाईको राजनीतिक जीवन समाप्त भएको हो ?
यो सर्वोच्च अदालतले मेरो जीवनलाई समाप्त गर्न सक्दैन । उसले मानिसलाई अपमानित गरेर तेजोबध गर्न मात्र सक्छ । तर, मेरो आस्थाको राजनीतिक यात्रा र अगामी जीवनलाई अहिलेका कानूनहरूले सीमांकृत गर्न सक्दैन । फेरी यस्ता अव्यवहारिक कानूनहरू सधै रहन्छ भन्ने पनि छैन । केही काल निर्वाचन लड्न नपाइने हो , नलडौला ।त्यसैले मैले भनेको हुँ कि, मलाई प्राविधिक रूपले मुद्दा हराई जेल पठाइएको हो । म राज्य र न्यायाधिशको योजनामा परें, तर जनताको विश्वासमा म भ्रष्ट छैन । राजनीतिक पूर्वाग्रहको आधारमा, त्यसबेला संविधान बन्ने भनिएको समयमा मलाई बाहिर राख्न यो मुद्दामा हराईएको हो–यो कुरा पहाड–मधेस सबै तिरका जनताले बुझेका छन् । अब म केही दिन मै रिहा भएपछि सोझै मलाई बुझ्ने, चिन्ने जनताको बीच पुग्छु र फेरि पुरै सक्रियताका साथ राजनीतिमा लाग्छु । एक दुई बर्षको चुनावी यात्रा मात्र राजनीति होइन । मेरो राजनीतिक ध्येय नै संघर्षबाट प्राप्ति हुन्छ, र संघर्ष गर्न यो मुद्दा र कानूनले मलाई रोक्न सक्दैन । संघर्षमा पराजित भए फेरि जेलमै आउंछु जितेमा यस्ता मुद्दा र ऐन कानूनको कुनै अर्थ रहदैन । त्यसैले भनेको हुँ – मेरो नियति कानूनले निर्धारण गर्दैन ।
अब जेलबाटनिस्केर के गर्नु हुन्छ, तपाईको अगामी योजना के हो ?
जेलमा बसेको एक बर्षभन्दा बढी भयो । मधेसका मुख्य मुख्य नेता तथा कार्यकर्तासंग त म सम्पर्कमा छु । तर गांउघरमा बस्ने जनतासंग सम्पर्कमा रहन सकिन । अब मेरो पहिलो काम नै मधेसका जनताका बीच जानु हो । उहाँको आंखामा चियाएर हेर्छु । राज्यप्रति, मधेसी पार्टीहरूका प्रति संतुष्टी देखेमा सप्तरीमा गई घरखेती गर्छु । असंतुष्टी देखेमा उहाँहरूको आज्ञा अनुसार अगामी लडाईको तयारी गर्छु । जनताले यो आगो हो, यसमा हाम फाल भन्यो भने तत्कालनै हाम फाल्छु । डढेर मर्न पनि तयार छु । तर, आफ्नो आस्था, विचार र राजनीतिक मुद्दा छोड्दिन ।
मधेसी जनताले तपाईंलाई पत्याउने आधार के हो ?
अब मैले गर्ने काम नै हो मलाई विश्वास गर्ने आधार । मैले लिने नीति तथा अपनाउने कायक्रमहरू नै विश्वासको आधार हुनसक्छ । यसको लागि मलाई धैर्यका साथ पर्खनु पर्छ । मैले आफुलाई चोखो देखाउनु पर्नेछ । म अरूभन्दा फरक रूपमा अगाडी बढनेछु ।
मधेसी नेताहरू सरकारमा गएपछि सबै बिर्सिन्छ, बाहिर आएपछि मधेसमा यो भएन त्यो भएन कराउँछ ? यसरी मधेसको माग सम्बोधन हुन्छ ?
हो यो सत्य हो । हामीले आजसम्मयस्तै गरेका छौं । अहिले सत्तामा रहेकाहरू यही नै गरिरहेका छन् । म त अब यो बाटोबाट कदापि हिड्दिन । मुद्दाका प्रति समर्पित रहनेछु । मधेसका त्यस्ता नेताहरूलाई जनताले चिनी सकें । जनताको नजर गलत हुनसक्दैन ।
त्यसो भए तपाई नयांराजनीतिक दल खोल्नु हुन्छ ?
तत्काल यस्तो सोचेको छैन । पुरानो सोचको राजनीतिक पार्टीले अब काम गर्दैन । मधेसमा, देशमा नयां चुनैतिहरू थपिएका छन् । यी कुराहरूलाई सम्बोधन गर्ने वातावरण बनाउनु आवश्यक छ । तत्काल एक संगठित प्रयासलाई अगाडी बढाउन र संधर्षको पूर्वाधार खडा गर्न एक संयोजित राजनीतिक अभियानको शूरुवात गर्ने सोचाई छ ।
मधेसको राजनीति अब कसरी अगाडी बढ्छ ?
सबै मधेसी दलहरूले एकनाशले सडक, सदन र सरकारलाई संघर्षको थलो भनेको थियो । मधेसी दलहरूले सडकको दबाबलाई, यसको शक्तिलाई बिर्से । सदन संविधान सभामा प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन् । उनीहरू पूर्णरूपमा सरकारमा केन्द्रीत हुनपुगें । यही नै रोग हो । अब सरकारको मोर्चाबाट कुनै परिवर्तन गर्न सकिन्न । तसर्थ सडको सहयोगबाट अगाडी बढने हो । सदनको सिमीत भूमिका हुन सक्छ । यही धारणाका साथ अगाडी बढनुपर्छ ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.