बस्नेतले भने, ‘हामीलाई डन नभन्नु’
नवलपरासी/ युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले आफूहरूलाई डन नभन्न चेतावनी दिएका छ । उनले एमाले नेताहरूले नै विनासुझबुझ युवा संघलाई ‘डन’को संज्ञा दिनु आपत्तिजक भएको प्रतिक्रिया दिएका छन् ।
युवा संघ नवलपरासीको नवौँ जिल्ला अधिवेशनका अवसरमा कावासोतीमा बस्नेतले नेताहरूले युवाको संगठन के हो भन्ने नबुझे झैँ गरेर दिने अभिव्यक्तिले नै वेला–वेलामा संघमा समस्या थप्ने गरेको बताए ।
‘युवा संघ ‘डन’हरूको नभएर जोशिलो र सिर्जनशील युवाको संगठन हो, तर जबर्जस्त आतंक मच्चाउनेविरुद्ध भने डनै भएर जाइलागिन्छ,’ उनले भने ।
यसैगरी बस्नेतले बहुपहिचानसहितको संघीय राज्यको एजेन्डा लिएर बुथबुथमा खटिन संगठनका युवालाई निर्देशन दिँदै चुनावबाटै एमाले पहिलो पार्टी बन्ने दाबी गरे ।
तीन सय ९० प्रतिनिधि सहभागी अधिवेशनमा अध्यक्ष पदका लागि बाबुराम पाण्डे र कुमार आलेबीच प्रतिस्पर्धा देखिएपछि सर्वसम्मतिका लागि पहल भइरहेको जिल्ला अध्यक्ष सुवास जिसीले बताए ।

![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.