पछिल्ला सामग्री :
पत्रकार घिमिरेलाई अन्तर्राष्ट्रिय पुरस्कार

काठमाडौं/  नेपाली पत्रकार तथा मानव अधिकारकर्मी प्रदीप घिमिरेले अन्तर्राष्ट्रिय पुरस्कार पाउनुभएको छ ।

नेपाल र एशियाली मुलुकहरुमा निर्वाचन तथा लोकतन्त्रको स्थायित्वका लागि योगदान गरेको भन्दै बेलायतको इन्टरन्याशनल सेन्टर फर पार्लियामेन्ट्री स्टडीज (आईसीपीएस)ले इन्टरन्याशनल इलेक्टोरल अवार्ड २०१३ बाट घिमिरेलाई सम्मान गरेको हो । संसारभरका निर्वाचन र लोकतन्त्रको पक्षमा काम गरेकामध्ये उनीहरुको क्षमता र योगदानको अध्ययन गरि यो पुरस्कार छनौट गरिन्छ । मलेसियाको क्वालालम्पुरमा आयोजित भव्य समारोहमा यो पुरस्कार प्रदान गरिएको आईसीपीएसले जनाएको छ ।

घिमिरेले विगत दुई दशकदेखि नेपाल र एशियाली मुलुकहरुमा निर्वाचन, लोकतन्त्र र मानव अधिकारका लागि काम गर्दै आउनु भएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल लगायतका विभिन्न मानव अधिकार संस्थामा सक्रिय घिमिरे पछिल्लो समय राष्ट्रिय निर्वाचन अनुगमन सञ्जाल (नेमा) मा सक्रिय हुनुहुन्छ । उहाँले एशियाली सञ्जाल (एन्फ्रेल) लगायतका विभिन्न संस्थाहरुमार्फत एशियाका विभिन्न देशमा स्वच्छ निर्वाचन र लोकतन्त्रका पक्षमा काम गर्दै आउनु भएको छ ।

इलाममा जन्मिएर विगत २ दशकदेखि काठमाडौंलाई कर्म क्षेत्र बनाउँदै आएका घिमिरेले २००४ मा पनि स्वीजरलेण्डको जेनेभामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्नु भएको थियो ।
IP

, ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.