अमेरिकी प्रतिनिधिसभाद्वारा राजदूत शर्मा सम्मानित (तस्वीरसहित)
विजय थापा, भर्जिनिया / अमेरिकाका लागि नेपाली राजदूत डा शंकर प्रसाद शर्मालाई म्यासाचुसेट्स राज्यको प्रतिनिधि सभाले सम्मान गरेको छ l दि
कमनवेल्थ अफ म्यासाचुसेट्स (म्यासाचुसेट्स राष्ट्रमण्डल )प्रतिनिधि
सभाको सभामुख रोबर्ट ए डेलीयो तथा प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग
द्वारा हस्ताक्षरित उक्त सम्मान पत्र एक कार्यक्रम बीच डा शर्मालाई
हस्तान्तरण गर्दै सम्मान गरिएको थियो l उक्त सम्मान पत्र पढेर अमेरिकी
प्रतिनिधि सभाका सभासद डोनाल्ड वंगले सुनाउदै राजदूत शर्मालाई हस्तान्तरण
गरेका थिए भने यस कार्यक्रममा सिनेट विलिएम एन ब्राउनस बर्गर तथा अन्यहरुको
उपस्थिति रहेको थियो l
कार्यक्रम
बोस्टनको माथिल्लो सदन सिनेट भवनमा गरिएको थियो l उक्त सम्मान पत्रमा
नेपालको विकास तथा मुलुकको स्थायित्वमा गरेको मेहनत र सयुक्त राज्य अमेरिका
संगको मित्रताको निरन्तरताको लागि खेलेको अहम भूमिकाको उच्च कदर गर्दै
सम्पूर्ण प्रतिनिधि सभाका सदस्यहरुको तर्फबाट प्रगतिको कामना तथा सफलताको
लागि शुभकामना ब्यक्त गरिएको छ l
राजदूत डा शर्माले म्यासाचुसेट्स प्रतिनिधि सभाका सबैलाई नेपाली राजदूताबास तथा नेपाल सरकारको तर्फबाट धन्यबाद दिएको बताईएको छ l
उक्त
अवसरमा प्रतिनिधि सभाका सभासदले राजदूतलाई नेपालमा भर्खर सम्पन्न भएको
निर्वाचन तथा अन्य बारेमा प्रश्न राखेका थिए भने राजदूत शर्माले नेपालमा
लगानी गर्न सुरक्षित वातावरण भएको र अब नेपालमा छिट्टै सरकार बन्ने र
संबिधान बन्ने कुरामा बिश्वस्त रहेको बताएका थिए l
उक्त
सम्मन कार्यक्रममा सिनेट भवनमा साथ दिन बोस्टन नेपाल अमेरिका फाउन्डेसन
(प्रतिष्ठान)का अधक्ष्य प्रल्हाद केसीको पनि साथ रहेको थियो l
म्यासाचुसेट्स राज्यका प्रतिनिधि सभाका सभासद डोनाल्ड वंग एक सफल ब्यापारी
हुन र अमेरिकामा रहेका नेपाली समुदायसंग मिलेर काम गर्ने गर्न ईक्षा वंगले
राखेको कुरा केसीले बताए l
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.