पछिल्ला सामग्री :
सुरु भयो चिसो, जनजीवन प्रभावित

काठमाडौं । पुस लागेसँगै चिसो ह्वात्तै बढेको छ । चिसो मौसम सुरु भएसँगै मुलुककाक्षेत्रको जनजीवनप्रभावितबनेको छ । तराईका जिल्लामा शीतलहर सुरु भएको छ ।

तराईका विभिन्न चोक र गल्लीमा चिसो छल्न आगो बालिएका छन् । तराईका केही भेकमा साता दिन देखि शीतलहर चलिरहेको छ । ग्रामीण र विपन्न समुदायका चिसोबाट बढी प्रभावित बनेका छन् । यस्तै चिसोबाट वृद्धवृद्धा पनि प्रभावित बनेका छन् ।

चिसो सुरु भएसँगै तराईका अस्पतालमा बिरामीको संख्यासमेत बढेको छ । अस्पतालमा पुग्ने बिरामीमा रुघाखोकी, निमोनियाँलगायतका संक्रमण देखिएको उपचारमा संलग्न चिकित्सक बताउँछन् । चिसोले चिसोले विपन्न परिवारका बच्चा तथा वृद्ध बढी प्रभावितबनेका छन् । विस्थापित र घरबारविहीन पनि चिसोको मारमा परेका छन् ।

राजधानीमा दिनभर घाम लागे पनि बिहान र बेलुका चिसो बढेको छ । ‘बिहानबेलुकाचिसो अचाक्ली बढेको छ । बिहान त झन् उठनै झ्याउ लाग्छ,’ शान्तिनगरका दीपेश भट्टराई भन्छन्, ‘तर दिउँसो भने घाममा बसेर बदामखान त मज्जै आउँछ ।’ उनले भनेजस्तै रत्नपार्कको चौरमा बदाम खाँदै गरेका सिन्धुपाल्चोकका मोहन लामा पनि जाडोको मौसम दिनमा राम्रै हुने तर बिहान बेलुका त चिसोले बिछट्टै सताउने अनुभव सुनाउँछन् । यो त भयो सहरीया परिवेश । तर २०७२ वैशाखको भूकम्पबाट पीडितहरूको जनजीवन चिसोले प्रभावित बनेको छ ।

जोरपाटीमा रहेको अस्थायी टहरामा बस्ने भूकम्प पीडित चिसोले बस्नै नसक्ने बताउँछन् । एक पीडित भन्छन्, ‘सुतेपछि उज्यालो कहिले होला भन्ने हुन्छ । चिसोले राति सुत्नै सकिन्न ।’ उनका अनुसार अत्यधिक चिसोका कारण टिनको टहरोबाट चुहेको शीतले बिहान सिरक र सबै ओछ्यान निथ्रुक्कै भिज्छ । अस्थायी टहरोमा बस्ने अधिकांश भूकम्प पीडित चिसोले बिरामी पर्ने अवस्थामा पनि पुगेका छन् । भूकम्प पीडितलाई चिसोले धेरै सकस भएको कुरा राज्यले नबुझेको उनीहरूको आरोप छ ।

भूकम्प पीडितलाई राष्ट्रिय पुनर्निर्माण आयोगले घर निर्माणका लागि दिने अनुदान सम्झौता नहुँदा उनीहरू टहरोमै बस्न बाध्य भएका छन् । अनुदान सम्झौता विभिन्न कारणले रोकिएको प्राधिकरणले दाबी गरेको छ । भत्किएको घर रहेको जग्गाको लालपुर्जा नहुँनु, गुठीको जग्गामा घर हुनुलगायतका समस्या रहेको प्राधिकरण बताउँछ । भूकम्पप्रभावितहरू भत्किएको घर जसरी भएपनि राज्यले बनाउनुपर्ने दायित्व रहेको बताउँछन् । पीडित र प्राधिकरणका आ–आफ्नै दाबीका कारण अनुदान सम्झौता हुन नसकेको प्रस्ट देखिन्छ ।

यसरी चिसोमा टिनको टहरोमै भूकम्प पीडितलाई राख्नुभन्दा जति सक्दो चाँडो पुनर्निर्माणमा लागेर सबैलाई टहरोबाट घरमा स्थानान्तरण गर्नुपर्ने अवस्था छ । चिसोले मानव स्वास्थ्य माथि परेको असरबारे सम्बन्धित निकायले चासो देखाउनुपर्ने अवस्था रहेको अधिकारकर्मीहरू बताउँछन् ।

चिसोले मध्य तथा सुदूरपश्चिम क्षेत्रमा बसोबास गरिरहेका राउटे समुदायलाई पनि प्रभाव पारेको छ । फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय न्यानो कपडाको अभावमा चिसोजन्य रोगबाट प्रभावित भएका छन् । हालै मात्र सुर्खेत क्षेत्रमा बसोबास गर्ने एक राउटे महिलाचिसोले थलिएको समाचार सार्वजनिकभएको थियो । राउटेका लागि स्थायी बसोबासको व्यवस्था नभएको हुँदा पनिउनीहरू चिसोको मारमा परेका हुन् । चिसोले राउटे समुदायका बालबालिका बढी प्रभावितबनेका छन् । उनीहरू न्यायो कपडा कसैले दिन्छ किभन्ने पर्खाइमा रहेको बताउँछन् ।

चिसोले हिमाली क्षेत्रका बासिन्दालाई प्रभाव नपार्ने त कुरै भएन । मनाङ, मुस्ताङका अधिकांश हिमाली क्षेत्रका बासिन्दा जाडो छल्न चितवन, पोखरा, काठमाडौं लगायत स्थानमा सरिसकेका छन् । जाडो लागेसँगै हिमाली क्षेत्रका बासिन्दा ४ महिनाका लागि बेंसी झर्ने नियति नै बनेको छ । हिमाली क्षेत्रमा सञ्चालित विद्यालयहरू पनि जाडोको छल्न बिदा भइसकेका छन् । जाडो आगमनसँगै हिमाली क्षेत्र सुनसान बनेको छ । सबै घरमा ताला लागेका छन् । हिमाली क्षेत्रका घर छाड्नेहरू फागुनको मध्यतिर मात्रै पुनःउकालो लाग्नेछन् । चिसोले आम जनताको जनजीवन सकसपूर्ण बनेको छ ।

तर, राजधानीलगायत सहरमा बस्ने सम्भ्रान्त परिवारलाई भने चिसोको ‘छु मतलब’ । उनीहरूलाई चिसोको केही चिन्तै छैन । विद्युत् प्राधिरणले लोडसेडिङ हटाइसकेको छ । एसी र हिटर जतिबाले पनिभयो । उनीहरूलाई घरमाथि राखेको हिटरको तातो पानीप्रयोग गर्न पनि सहज छ । भक्तपुरको व्यासीमा रहेको अस्थायी शिविरमा बसेका एक भूकम्प पीडित भन्छन्, ‘गरिब र निमुखालाई त हो चिसोको सकस, धनीमानीलाई केको चिसो ?’

चिसोको मौसममाधनी, गरिब जे भने पनि स्वास्थ्यको ख्याल सबैले राख्नु अनिवार्य छ । सबैले जसरी हुन्छ चिसोजन्य रोगबाट जोगिनु उत्तम मानिन्छ । चिसोबाट हुने रोगबाट जोगिन सफातातो पानीखाने, झोलिलो खानेकुरा र न्यानो भएर बसेमाचिसोजन्य संक्रमणबाट जोगिन सकिन्छ ।

(शम्भु रेग्मी)
IP

, , , ,

0 comments

Write Down Your Responses

Thanks for Your comment.