नारायणमान बिजुक्छे 'रोहित' को जीवनी...!

उहाँ हिन्दू धर्म मान्नुहुन्छ र उहाँले आफ्नो विवाह रामेछाप घर भएका एक शिक्षककी छोरी सोभा प्रधानसँग गर्नुभयो । जाँचमा सम्मिलित भएर पनि मानविकीमा स्नातक गर्नुभएको छैन । राजनीति शास्त्र र अर्थशास्त्र दुवै विषय उहाँका प्यारा छन् र उहाँले यी दुवै विषयमा नै अध्ययन गर्नुभयो । रोहितका दुई छोराहरू- सुवेगमान र सुवानमान छन् ।
रोहितका प्रकाशित कृतिहरू हुन्- 'नेपालको कम्युनिष्ट आन्दोलनमा खोटा विचारहरूको खण्डन', 'विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू', 'नेपाल-भारतसम्बन्ध र भारत', 'चार रचना', 'आत्मनिर्भरताको प्रश्न र नेपालको आर्थिक विकास' तथा 'कोरिया भ्रमण' । 'चीन भ्रमण' र 'भियतनाम परिचय' नामका दुई पुस्तकहरू पंचायती शासकहरूले छापाखानाबाटै जफत गरे र साहित्यको क्षेत्रमा उहाँ- 'हरिबहादुर श्रेष्ठ'को उपनाममा लेख्नुहुन्छ ।
उत्तर कोरिया, क्यूबा, लाओस, भियतनाम, कम्बोडिया र चीन उहाँका मनपर्ने ठाउँ हुन् । कार्ल माक्र्स, एङेल्स, लेनिन, स्टालिन, माओ त्से तुङ, हो चि मिन्ह र किम इल सुङलाई आदर्श मान्नुहुन्छ । नेपाली, हिन्दी र अंग्रेजीका साथसाथै मातृभाषा नेवारी राम्ररी लेख्नु र बोल्नुहुन्छ । भक्तपुरको पद्म माध्यमिक र शारदा रात्रि माध्यमिक विद्यालय एवम् भक्तपुर कलेजमा पढ्नुभयो । २०१०-११ सालमा गौरमा नेत्रदान कार्यक्रममा स्वयंसेवक, ०१२ सालमा रौतहटका बाढी पीडितहरूको सहायताका लागि कम्युनिष्ट पार्टीको र्यालीमा सहभागिता, ०१३ सालमा विद्यार्थी फेडरेशनको सदस्य, ०१७-१८ मा युनियन (कलेज) को अध्यक्ष, ०१५ सालताका मार्क्सवादी अध्ययन सर्कलमा संलग्न, ०१६-१७ मा भक्तपुर जिल्ला कमिटीको अध्यक्ष , ०१६ सालमा चीनमा उपचारार्थ रहनुभयो ।
२०२७ सालमा पुष्पलालको नेतृत्वमा कम्युनिष्ट पार्टीको सदस्य, २०३१ सालमा पुष्पलाल समूहबाट अलग भई ०३१ माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना गरी सोही दिनदेखि पार्टीका अध्यक्ष रही आउनुभएको छ ।
![]() |
0 comments
Write Down Your Responses
Thanks for Your comment.