पछिल्ला सामग्री :
माधवकुमार नेपालको जीवनी...!

नामः माधवकुमार नेपालजन्म मितिः २००९ फागुन २३
जन्मस्थानः गौर- ३, रौतहट
वैवाहिक स्थितिः विवाहित (एक छोरी, एक छोरा)
शैक्षिक योग्यताः बी.कम. (२०३० त्रिभुवन विश्वविद्यालय)
हालः प्रधानमन्त्री तथा बरिष्ठ नेता, नेकपा (एमाले)
पार्टी जीवन
२०६६ जेठ ९ गते प्रधानमन्त्री
२०६५ पुस संविधानसभा सदस्य तथा सभापति, संवैधानिक समिति
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको शीषस्थ नेता
२०५० जेठ(०६५ वैशाख, महासचिव, नेकपा (एमाले)
छैटौं महाधिवेशन ०५४ र सातौं महाधिवेशन ०५९ बाट महासचिव पुनःनिर्वाचित)
२०३५-२०५० प्रमुख, विदेश विभाग
२०४८ संयोजक, पहिलो संसदीय निर्वाचन परिचालन कमिटी
२०४७ सदस्य, पोलिट्ब्युरो, नेकपा (एमाले)
२०४६ सदस्य, संयुक्त वाममोर्चा
२०४६ हाइकमान्ड सदस्य, पञ्चायत व्यवस्थाविरुद्ध जनआन्दोलन
२०३५ संस्थापक तथा पोलिट्ब्युरो सदस्य, नेकपा (माले)
२०३१-४६ भूमिगत राजनीति
२०३२ राजकाज अपराधको अभियोगमा दुई वर्ष कारावास
२०३२ संस्थापक सदस्य, अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माले)
२०२८ सदस्य, नेपाल क्रान्तिकारी संगठन (माले) मोरङ
२०२६ सदस्य, नेकपा (पुष्पलाल) समूह
२०२२ कम्युनिस्ट आन्दोलनतर्फ झुकाव
राजकीय जिम्मेवारी
२०५६ प्रतिनिधिसभा सदस्य, रौतहट क्षेत्र नं. १ र ४
२०५६ विपक्षी दलका नेता, प्रतिनिधिसभा
२०५१-०५२ उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री
२०४८-२०५५ विपक्षी दलका नेता, राष्ट्रियसभा
२०४७ सदस्य, संविधान सुझाव आयोग
भाषानेपाली, अंग्रेजी, मैथिली, भोजपुरी र हिन्दी
भ्रमण
देशभित्रः पचहत्तरै जिल्ला
विदेशः भारत, चीन, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलंका, माल्दिभ्स, स्वीडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान ।
ठेगानाहालः प्रधानमन्त्री निवास बालुवाटारफोनः ०१-४४१४६०७
प्रधानमन्त्री माधवकुमार नेपालको थप जीवनी...! नेकपा एमालेका महासचिव माधवकुमार नेपालको जन्म वि. सं. २००९ फागुन २३ गते रौटहट जिल्लाको गौरमा भएको हो । उहाँ तीन दाजुभाइमध्ये जेठो हुनुहुन्छ ।

गौरको श्री जुद्ध माध्यमिक विद्यालयबाट एस।एल.सी. गर्नुभयो । २०२२ सालमा वीरगंज ठाकुरराम बहुमुखी क्याम्पसमा भर्ना हुनुभयो । जागीर पनि खानुभयो । तेह्र वर्षको उमेरदेखि नै राजनीतिमा लाग्नुभएका नेपालले २०२६ सालमा कम्युनिष्ट पार्टीको सदस्यता पाउनुभयो । २०२८ सालमा संगठन विस्तारका लागि काठमाडौँ आउनुभयो । नेपाल सन् १९९३ देखि नेकपा एमालेका महासचिव हुनुहुन्छ ।

उहाँमा माथिल्लो सदन राष्ट्रिय सभाको प्रतिपक्षी नेताको अनुभव पनि छ । उहाँ त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यमा स्नातक हुनुहुन्छ । उहाँलाई नेपाली, हिन्दी मैथिली र अंग्रेजी भाषाको राम्रो ज्ञान छ । सन् १९९१-९३ अवधिमा विभिन्न अन्तर्राष्ट्रिय गोष्ठी वा सम्मेलनमा नेपालले भाग लिनुभएको थियो । सन् १९९० मा नेपाल संविधान सुधार सुझाव आयोगका सदस्य हुनुहुन्थ्यो भने त्यसपछिका २-३ वर्षमा राष्ट्रिय विकास परिषद् र राष्ट्रिय जलस्रोत विकास परिषद्को पदेन सदस्य हुनुहुन्थ्यो ।

नेपाल सन् १९९३ मा नेकपा एमालेको विदेश मामिला विभागका प्रमुख हुनुहुन्थ्यो । त्यस्तै, केही वर्षअघि नेकपा एमालेले स्थापना गरेको प्रथम संसदीय निर्वाचन समितिका संयोजक पनि हुनुहुन्थ्यो । नेपाल सन् १९९० मा संयुक्त वाम मोर्चाको सदस्य र सन् १९९१ मा नेकपा एमालेको केन्द्रीय संगठन समितिका पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । सन् १९७८ मा उहाँ नेकपा (माले) का संस्थापक सदस्य र पोलिटब्यूरो सदस्य हुनुहुन्थ्यो । नेपाल सन् १९७६ मा राजनीतिक अभियोग-राजकाज अपराध ऐनअन्तर्गत दुई वर्ष कारावासमा पर्नुभएको थियो ।

उहाँ सन् १९७५ मा समन्वय केन्द्रका संस्थापक सदस्य, १९७१-७४ अवधिमा नेपाल क्रान्तिकारी संगठन (माले) मोरङको जिल्ला सदस्य र १९७० मा वीरगंज एस.टी. आर. कलेजमा स्वतन्त्र विद्यार्थी संघको विधान मस्यौदा समितिका सदस्य हुनुहुन्थ्यो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.