पछिल्ला सामग्री :
सहिद लखन थापाको जीवनी ...!

सहिद लखन थापाको जन्म वि.सं. १८९१ मा गोर्खाको बुङकोटमा भएको थियो । उनले लखनऊ (भारत) मा सामान्य शिक्षा र तन्त्रमन्त्रको विद्या हासिल गरेका थिए । वि.स. १९११ मा नेपाली सेनाको गोरखागण (मगरपल्टन) मा उनी भर्ना भए । फुर्तिला र चल्तापुर्जा हुनाको कारण १४ वर्षपछि उनी क्याप्टेन (कप्तान) हुन पुगे ।

वि.सं. १९२७ मा तीन महिना बिदा लिएर घर गएका लखन र उनका साथी जयसिं चुमी राणा जंगबहादुर विरुद्ध प्रचारमा लागे । जंगबहादुरको आदेशअनुसार उनका ७ साथीलाई पक्राउ गरी बाँसको पिंजरामा बन्द गरी काठमाडौँ ल्याइयो । उनलाई वि.सं. १९३३ साल राजद्रोहको अभियोगमा मनकामनाको मन्दिर (गोरखा जिल्ला) अगाडि रूखमा झुन्ड्याएर मारियो ।
IP

0 comments

Write Down Your Responses

Thanks for Your comment.